हेटौंडाः जेसीआई हेटौंडाको कार्यकारिणी उपाध्यक्षमा अमृत बर्तौला र विकेशलाल श्रेष्ठ विजयी भएका छन्।
शनिबार सम्पन्न निर्वाचनबाट १२६ मतसहित अमृत विजयी हुँदा विकेशलाल ८१ मतसहित विजयी भएका हुन्। कार्यकारिणी उपाध्यक्षका आकांक्षी विवेक आनन्द न्यौपानेले ६४ मत पाउँदा संगीत श्रेष्ठले १७ मत प्राप्त गर्दै पराजित भए।
१४९ मत खस्दा ५ मत बदर भएको निर्वाचन आयुक्त राजदेव बनियाले जानकारी दिनुभयो। यसअघि जेसीआई हेटौंडाको अध्यक्षमा श्रवण कुमार बर्तौलासहित उपाध्यक्षमा सन्तोष पराजुली, मिलन ढकाल, सन्जय न्यौपाने र राजु प्रसाद श्रीवास्तव सर्वसम्मत निर्वाचित भएका थिए।