वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीका अध्यक्ष प्रेमलाल श्रेष्ठ ।

हेटौंडाः हेटौंडा–४ स्थित पाञ्चायन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष प्रेमलाल श्रेष्ठको सभाध्यक्षता तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश बहादुर बलको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

साधारणसभाको अवसरमा उत्कृष्ट बाल बचतकर्तातर्फ सर्जु कुवँर क्षेत्री, असल बचतकर्तातर्फ हरिबहादुर लामा र सीता पौडेल, असल ऋणीतर्फ प्रितम लामा र जेष्ठ नागरिकतर्फ प्रमिलादेवी खतिवडालाई सम्मान गरेको छ । ८ सय ३ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी १ करोड ९० लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ । यस्तै ९ करोड ३० लाख ७ हजार ऋण लगानी गरेको संस्थाको जगेडा कोष ११ लाख ६५ हजार ८ सय १३ रुपैयाँ रहेको छ ।