रोटरी क्लब अफ हेटौंडाले हस्तान्तरण गरेको ह्वीलचेयरमा आश्रममा आश्रित वृद्धवृद्धा बस्दै । साथमा रोटरी क्लबका पदाधिकारी र गायक अमृत गुरुङ ।

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाले मानवसेवा आश्रमलाई १० थान ह्वीलचेयर हस्तान्तरण गरेको छ । बुधबार हेटौंडा–९, मयुरधापस्थित मानवसेवा आश्रममै पुगेर रोटरी क्लबका अध्यक्ष सुयश पराजुली, निवर्तमान अध्यक्ष रामप्रसाद शर्मासहित क्लबका पदाधिकारीले मानवसेवा आश्रमलाई ह्वीलचेयर हस्तान्तरण गरेको हो ।

आश्रममा आश्रित केही व्यक्ति शारीरिकरुपमा अशक्त भएकाले उनीहरुको सहजताका लागि ह्वीलचेयर प्रदान गरिएको हो । नेपथ्य सांगीतिक कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा क्लबले ह्वीलचेयर हस्तान्तरण गरेको हो । ह्वीलचेयरसँगै रोटरी क्लब अफ हेटौंडाले आजीवन वर्षको एक दिन एकछाक खानाका लागि मानवसेवा आश्रममा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । मानवसेवा आश्रमका लागि ह्वीलचेयर प्रदान गरेकोमा धन्यवाद दिनुहुँदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरिएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।