हेटौंडाः हेटौंडा–५ स्थित हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको साधारण सभाको जिल्ला सहकारी संस्थाकी उपाध्यक्ष मिना कुमारी चौरेलले उद्घाटन गर्नुभयो ।
संस्थाका कोषाध्यक्ष राजेन्द्र लामिछानेले संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुभयो । १ हजार २४ शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी चालु आर्थिक वर्षमा ७४ लाख ५९ हजार रहेको छ । यस्तै संस्थाको ऋण लगानी ६ करोड ७६ लाख ८५ हजार ५ सय ५६ रुपैयाँ छ भने सम्पती ८ करोड ४९ लाख ८१ हजार २ सय १ रुपैयाँ छ । संस्थाले साधारण सभाको अवसरमा असल ऋणीतर्फ अनु बुढाथोकी, विनोद प्रसाद केशरी र शान्ति बानियाँलाई सम्मान गरेको छ । यस्तै उत्कृष्ट बचतकर्ताको रुपमा अशोक कुमार दाहाल, अजय गुप्ता र शिखर तामाङलाई सम्मान गरेको छ ।











