हेटौंडाः हेटौंडा-६, चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत १८ करोड भन्दा बढी पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा सहकारीको बचत १८ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
शनिबार हेटौंडा-६, चौघडामा सहकारीका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको २६ औं वार्षिक साधारणसभामा सहकारीको शेयर पुँजी २ करोड ४८ लाख रुपैयाँ र जगेडा कोषमा ८५ लाख ८६ हजार रुपैयाँ रहेको गराइएको छ । सहकारीले १९ करोड ११ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीमा २ हजार ७ सय १० जना शेयर सदस्य छन् ।
बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यमा भएको साधारणसभाको अवसरमा ज्येष्ठ नागरिक कृष्णप्रसाद नेपाल र सावित्रीदेवी ढुंगाना, माासिक वचतकर्ता, बाल वचतकर्ता, पत्रकार कपिल खड्का तथा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।