हेटौंडाः कम्युटर एशोसियसन नेपाल महासंघ क्यान मकवानपुरको १६ औं वार्षिक साधरणसभा शनिवार हेटौंडामा सम्पन्न भएको छ ।
साधरणसभाको उद्घाटन कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाले हेटौंडालाई सुचना प्रविधिमैत्री बनाउन क्यानसँग सहकार्य गरेर काम गर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा क्यानका केन्दीय सचिव चिरन्जिवि अधिकारी, पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारू मगर, क्यान मकवानपुरका संस्थापक अध्यक्ष नेत्रबहादुर श्रेष्ठ, पुर्व अध्यक्ष श्यामकल श्रेष्ठ, दिपेन्द्र रेग्मी लगायतको आतिथ्यता रहेको थियो । क्यान मकवानपुरका जेष्ठ सदस्य योगेश्वर बहादुर श्रेष्ठलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
क्यान मकवानपुरका कार्यबहाक सचिव गोविन्द चौलागाईले संस्थाका गतिविधिहरू समेटिएको प्रतिबेदन प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रम क्यान मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनीको सभाध्यक्षतामा भएको थियो । २०६३ सालमा स्थापना भएको क्यान मकवानपुरमा १०५ जना संस्थागत र ब्यक्तिगत साधरण सदस्य छन् । साधरणसभासंगै जारी अधिवेशनबाट नयाँ नेतृत्व पनि चयन हुनेछ ।