सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा–१७ कठायत चोकस्थित धरान–चतरामा सडकखण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । बिहीबार साँझ ६ बजेर ४० मिनेटको समयमा हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ५ त ५०४६ नम्बरको ट्याक्टरले विपरीत दिशातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३५ प ४०९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकल चालक बकैया–७ मामदमारका ३३ वर्षीय जनक स्याङ्तान र मोटरसाइकलमा सवार सोही ठाउँका ३० वर्षीयको युबक पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । ट्याक्टरको ठक्करबाट स्याङ्तानको शरिरको भित्री भागमा चोट लागेको र अवस्था मध्यम रहेको कार्कीले बताउनुभयो । मोटरसाइकलमा सवार पाख्रिनको हातमा चोट लागेको र अवस्था सामान्य रहेको जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि सन्चो अस्पताल ल्याइएको थियो । अस्थायी प्रहरी पोष्ट हटियाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटेर ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।