हेटौंडाः कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज पनि ४ खेल हुँदैछ । आज समूह “जी” र समूह “एच”को समान दुई—दुई खेल गरी ४ खेल हुँदैछ ।

बिहीबार हुने पहिलो खेलमा समूह “जी”मा रहेको स्विट्जरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा अल जनौब रंगाशालामा सुरु हुनेछ । त्यस्तै दोस्रो खेल समूह “एच”मा रहेको उरुग्वेले दक्षिण कोरिया विरुद्ध प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार बेलुका ६ बजेर ४५ मिनेटमा एजुकेशन सिटी रंगाशालमा सुरु हुनेछ ।

यस्तै आज हुने तेस्रो खेलमा समूह “एच”मा रहेको पोर्चुगलले घानासँग प्रतिस्पर्धा गर्नेछ । सो खेल नेपाली समय अनुसार राती ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । आज हुने चौथो खेलमा ब्राजिलले सर्यिबासँग भिड्ने छ । उक्त खेल नेपाली समय अनुसार राती १२ बजेर ४५ मिनेटमा लुसैल रंगाशालमा हुनेछ । आज हुने ४ खेल पुरा भएसँगै समूह “ए” देखि समूह “एच” मा रहेको ३२ वटा राष्ट्रको एक-एक खेलको समिकरण पूरा हुनेछ ।