हेटौंडाः भारतीय कम्पनि सिएट टायर्सले हेटौंडामा वितरक भेलाको आयोजना गरेको छ । व्यवसाय प्रवद्र्धन तथा वितरणका गुनासा सुन्ने उद्देश्यले सोमबार भेलाको आयोजना गरिएको हो ।

२ पाङ्ग्रे र ३ पाङ्ग्रे सवारी साधनको टायर वितरकको भेलालाई सिएट टायरको नेपाल प्रमुख राजपाल चड्डाले सम्बोधन गर्नुहुँदै गुणस्तर र व्यावसायिक लाभको पक्षमा जानकारी गराउनुभएको थियो । अन्य कम्पनिको तुलना वितरकका लागि सिएट टायरले न्यून नाफा दिए पनि गुणस्तरीय टायरका कारण उपभोक्ताको गाली सुन्न नपर्ने र बढी व्यापार गरी राम्रो लाभ हासिल गर्न सकिने चड्डाले दावी गर्नुभयो ।

१० वर्षदेखि एसटीसी ग्रुप नेपालमा सिएट टायरको अधिकृत विक्रेताको रुपमा रहेको छ भने ए थ्री अटो कन्सर्न हेटौंडामा सिएट टायरको आधिकारिक वितरक हो । वितरक भेलामा हेटौंडा अटो मोवाइल्स एसोसिएसनका निवर्तमान अध्यक्ष सागर सापकोटा, उपाध्यक्ष धर्मराज धिमाल, महासचिव जितेन्द्र तिवारीको पनि सहभागिता रहेको थियो ।