किशन पौडेल


गुमनाम भएर बस्नेको पनि एउटा पहिचान हुन्छ
हरेक मान्छेभित्र आत्मगौरव र स्वाभिमान हुन्छ
नजरअन्दाज नगर्नुस् महाशय तकदिरको खेल हो
मिल्काएको पत्थर पनि कुनै दिन भगवान् हुन्छ ।


नशा र धमनीमा दौडिरहने त केवल रगत हो
जीवन भन्नु आखिर एक मुठी श्वास फगत हो
मृत्यु शाश्वत सत्य छ क्षणभंगुर हो जिन्दगी
जिउँदो साक्षी त केवल एक अटल जगत् हो ।


प्रत्येक मान्छेसँग भित्र एउटा न एउटा पिर छ
भावीले लेखेको हरेकको नमेटिने तकदिर छ
हुँदा खानेहरूलाई के थाहा मिठो र नमिठो
यहाँ हुनेखानेहरूलाई त सधैं मुखमा खिर छ ।

हेटौंडा–४