उत्कृष्ट अंकसहित उत्तिर्ण हुने विद्यार्थीलाई सम्मान गरिँदै ।

हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत ४४ करोड ७५ लाख रुपैयाँ पुगेको छ । ६ हजार १ सय ६७ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ४ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

शनिबार सहकारीको २३ औं वार्षिक साधारणसभाको अवसरमा सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा सहकारीको जगेडा कोषमा २ करोड ४८ लाख रुपैयाँ र अन्य कोषमा १ करोड ११ लाख रुपैयाँ रहेको जानकारी दिनुभयो । सहकारीले ४१ करोड ४९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । हेटौंडा–२, हरिकुञ्जरोड, हेटौंडा–८, कमाने र हेटौंडा–१६, हटियामा सेवा केन्द्रमार्फत पनि सेवा प्रदान गर्दै आएको सहकारीले महिला उद्यमी कर्जामा २ प्रतिशत व्याज छुट दिने जनाएको छ । यस्तै ७० वर्ष भन्दा बढी उमेरका सदस्यको व्याज आम्दानी घरमै पुर्याइने जनाएको छ ।

साधारणसभाको अवसरमा सेयर सदस्य दुर्गा प्रसाद चम्लागाई, पत्रकार रामशरण दुलाल, ऐच्छिक बचततर्फ भक्त बहादुर वाईबालाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट विद्यार्थीलाई पनि सहकारीले सम्मान गरेको छ ।