लकडाउनले मानिसलाई भौतिक रुपमा घरभित्रै सीमित गरे पनि उसको मनलाई घरभित्र सीमित गर्न सकेको छैन । वर्तमानमा भौतिक रुपमा सीमितता भए पनि उसले विगतको स्मरण र भविष्यको कल्पनामा रम्न रोकिएको छैन । यतिबेला मृत्युको भय मात्रै छैन, हिजो, आज र भोलिको माया, प्रेमको सुक्ष्म महसुुस पनि भइरहेको छ । यसै सन्दर्भमा हेटौंडाका युवा कवि अनिल कोइरालाको ‘सानुमाया’ शीर्षकको कविता ।
सानुमाया
आन्धकारले धप्पकै छोपेका आँखामा
सूर्यको किरण जस्तै प्रेम बोकेर आयौ तिमी
लाग्छ खाली क्यानभास जस्तो जिन्दगीमा
थरीथरीको रंग, उमङ्ग भरेर
मेरो जीवन सुन्दर पेन्टिङ जस्तै बनाई दिएकी छौ ।
जब तिम्रा मनमोहक चेहेराले मलाई तानिरहेथ्यो
म निथ्रुक्क भिजेथेँ
तिम्रा ती सुख्खा कल्लेरी परेको ओठमा
तिम्रा नशालु ती नयनमा
जहाँ बारबार मेरो नजर टक अडिएको थियो
लाग्छ त्यो समय भित्र मनले भन्दैथ्यो
कास, यो समय यहीँ रोकी दिऊँ
तिम्रो हरेक शब्दमा म कोमलता पाउथेँ
तिम्रा नटखट रिसाउने बानी पनि निर्मल आभाष पाउथेँ
तिम्रा यी स्वभाव न हुन जसले मेरो मन
काटिएको चङ्गा भएको थियो
लाग्छ त्यहि दिन हो म पनि हराएको ।।
‘म’ म रहिन
जब भित्री मनका सिरानी मुनि तिम्रै तस्बिर भेटेँ
मैले नियाल्दा नियाल्दै तिम्रा आँखा
मन हराएको पनि पतै भएन छ
लाग्छ त्यहि समय न हो
अनिँदो रात कोल्टे फेर्दै
म्यासेज र कलहरुमा बितिगएको
जहाँ शाश्वत जिवनको अर्थ पनि प्रेममा बाँधिएको
मायाका विशाल सागरका तटमा उभिएर
मनोकांक्षाहरुको रहस्यहरु खोलिदिएको
सानू, मैले तिमीलाई नै त हो मायाले नाम दिएको
सम्झ त त्यो पल जब तिम्रो स्पर्शले
मेरो मन पुतली जस्तै प्रेम बेगमा डुलेको
सम्झ त त्यो पल तिम्रो पर्खाईमा
समय भन्दा अघि कुदेको
तिम्रा चुलबुले गफहरुले हरेक रात कफिमय बनेको
सम्झ त मैले पनि कफिमा चास्नी भर्न तिम्रा
निम्ति गुनगुनाएको
सानू तिम्रा आगमन
बसन्त जस्तै छ
जस्ले म भित्र पालुवा पलाएको छ
झरीको चैत बैशाख जस्तै छ
जहाँ म निथ्रुक्क भिजेको चरा जस्तै भएको छु
तिमी जिवनको क्षितिज बनेर आयो
जस्को विशाल जमिन टेकेदेखि
सोचको गति रोकियो
खोजले गन्तव्य पायो
मनले चिर निन्द्रा पायो
तिमी त जादुगरको जादु जस्तै रहेछौ
मेरा आन्धकार गायब गरेर उज्यालो छर्ने
तिमी त जोकर जस्तै रहेछौ
पीडाहरु छु मन्तर गरेर खुसी छर्ने
तिमी परमात्माको नायब मुर्त हौ
जो मेरो नसिबमा लेखिएको रैछ
तिमी त चोखो प्रेम हौ
तिमी त मेरो माया हौ
तिमी त चुलबुले
“मेरो सानुमाया हो“
यसरी रंगिएको छु कि म
कुनै आगोले प्रश्न गर्न सक्दैन
कुनै पानीले मेटाउन सक्दैन
कुनै मुर्तरुपले परिवर्तन गर्न
परिकल्पना त परै जाओस्
म भिज्न चाहन्छु
भिजी रहन चाहान्छु तिमीसँगै
निदाउन चाहान्छु, तिमी याद ओडेर
तिम्रा कल्पनाका सपना च्यापेर
यसैगरी सधैंभरी
कास यो समय यहीँ रो कि दिए ।।