हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुरले हेटौंडाका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । समाचार संकलनका क्रममा विभिन्न स्थानमा पुग्नुपर्ने र त्यसले सञ्चारकर्मीलाई जोखिम बढाउने भन्दै महासंघ मकवानपुरले सञ्चारकर्मीका लागि स्यानिटाइजर, मास्क, ग्लोब्सलगायत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो ।
सञ्चारगृहमै पुगेर महासंघका अध्यक्ष हरि हुमागाइँ र उपाध्यक्ष कसमार अधिकारीले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्नुभएको हो । रेडियो निकास र समृद्ध समाजको कार्यलयमा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्दै अध्यक्ष हुमागाइन्ले सञ्चारकर्मीले आफ्नो सुरक्षाको ख्याल गर्दै समाचार संकलन गर्नुपर्ने बताउनुभयो । कोरोना भाइरसका कारण जोखिम मोल्दै कार्यक्षेत्रमा खट्नुपर्ने हुनाले सुरक्षा सामाग्री प्रदान गरेकोमा सञ्चारकर्मीहरूले महासंघलाई धन्यवाद दिएका छन् ।