सांकेतिक तस्विर ।

हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा–१२ का २३ वर्षीय रोशन लामा, सोही ठाउँका २६ वर्षीय अनिल कुमार घलान र हेटौंडा–१३ का ३३ वर्षीय सुमन परियार रहेका छन् ।

मंगलबार दिउँसो ३ बजेको समयमा हेटौंडा–१० बसपार्क टिसियन रोडस्थित लागुऔषधको कारोबार भएको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले सुरक्षाजाँच गर्दा रोशनको साथबाट लागुऔषध एनारगन ९ पत्ता (९० पिस ट्याब्लेट), ट्रमाडेक्स ३५ पत्ता (३ सय ५० पिस ट्याब्लेट) र अनिलको साथबाट लागुऔषध गाँजा १ सय ५० ग्राम फेला पारेको जनाइएको छ । प्रहरीले उनीहरुसँगै रहेका सुमन परियार पनि नियन्त्रणमा लिएको हो । तीनै जनालाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।