हेटौंडामा अलपत्र परेका यात्रु सिन्धुली जान बस चढ्दै ।

हेटौंडाः प्रणामी समाज मकवानपुरले आज ४० जना सर्वसाधारणलाई निःशुल्क गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाएको छ । लक डाउनका कारण अलपत्र परेका सर्वसाधारणलाई आज प्रणामी समाज मकवानपुरले खानाको व्यवस्थापन गरी हेटौंडाबाट गन्तव्यतर्फ पठाइएको छ ।
काठमाडौंबाट गएराति आएका सिन्धुलीका ४० जना सर्बसाधारणहरु हेटौंडामा अलपत्र परेको थिए । सिन्धुलीसम्म जानका लागि यातायातको व्यवस्थापन गरी पठाइएको हो । उनीहरूलाई मकवानपुर सिन्धुलीको सीमानासम्म छाडिने प्रणामी समाज मकवानपुरले जनाएको छ । उनीहरूलाई प्रणामी समाज मकवानपुरले निःशुल्क भोजनको व्यवस्थासहित गाडीको व्यवस्था गरेर गन्तव्यतर्फ पठाएको हो । प्रणामी समाज मकवानपुरले विगत ४ दिनदेखि लक डाउनका कारण अलपत्र परेका सर्वसाधारणको उद्धार गरिरहेको छ । लकडाउनले समस्यामा परेका पैदलयात्रुहरुलाई प्रणामी समाज तथा सहयोगी मन नेपाल जस्ता सामाजिक संस्थाहरुले सडकमै खाना, खाजा पानी खाने व्यवस्थाका साथै यातायातको व्यवस्था गरिरहेका छन् । घर फर्कन हिडेका पैदलयात्रुहरुले प्रणामी समाजको यो सेवाले ठूलो राहत महसुस भएको बताएका छन् ।