सांकेतिक तस्बिर

हेटौंडाः शनिबार र आइतबार दुईदिनमा बागमती प्रदेशमा ५ जनाले आत्महत्या प्रयास गरेका छन् । आत्महत्या प्रयास गर्ने मध्ये ४ जनाको मृत्यु भएको छ भने एकजनालाई उद्दार गरिएको छ ।

आत्महत्या प्रयासगर्नेमा काभ्रे, सिन्धुपाल्चोक, चितवन र दोलखा जिल्लाका छन् । ४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने एकजनाले विष सेवन गरेर आत्महत्या प्रयास गरेका छन् । आत्महत्या गर्ने ३ जना पुरुष छन् भने एक महिला छन् । आत्महत्या प्रयास गर्ने अर्की एक महिला छिन् ।

काभ्रे जिल्लाको नमोबुद्व नगरपालिका–९ का ६८ वर्षीय माईला तामाङले आइतबार झुण्डी आत्महत्या गरेको अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । यस्तै सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा २८ वर्षीया स्यारपुनि तामाङले शनिबार झुण्डिएर आत्महत्या गरेकी छन् । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१३ मा ४८ वर्षीय सुरेश कमैया चौधरीले आइतबार स्थानीय सामुदायिक वनमा रुखमा पासो लगाई झुण्डी आत्महत्या गरेका हुन् ।

यस्तै दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–६ मा ७० वर्षीय मान बहादुर थामीले पनि आइतबार झुण्डिएर आत्महत्या गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकापा–३ का ३७ वर्षीया राजु तामाङले विषादी सेवन गरी आत्महत्या प्रयास गरेका छन् । आत्महत्या प्रयास गरेकी तामाङको उद्दार गरी उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हरेक दिन आत्महत्याको घटना बढ्दै गए पनि यसको न्यूनीकरणमा भने सरोकारवालाको ध्यान जान सकेको छैन ।