हेटौडाः लोकतान्त्रिक–बाम गठबन्धनले हेटौंडा–७ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ । वडास्तरीय चुनाव प्रचारप्रसार समितिका संयोजक अर्जुन गौतमको सभाध्यक्षता तथा मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ को प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ (ख) प्रदेश सभा सदस्य उम्मेदवार आनन्दराम पराजुलीको पनि उपस्थिति रहेको थियो । प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ र प्रदेश सभा सदस्य उम्मेदवार आनन्दराम पराजुली, नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।