हेटौंडाः आज आइतबार छठपर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएर छठ पर्व मनाईएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।
आज हेटौंडाको राप्ती खोलामा विशेष मेला लागेर छठ पूजा गरिएको छ । यस्तै, हेटौंडा ९ को कुखरेनी खोलामा पनि छठ पूजा गरिएको छ । छठ पूजा विशेष गरी तराई क्षेत्रमा बसोबास गर्नेहरुले मान्ने भएपनि पछिल्लो समय पहाडी भूभागमा पनि छठ पर्व मान्न थालिएको छ ।