हेटौंडाः हेटौंडामा जारी ८“ए” साइड खुला फुटबल प्रतियोगिता अन्तर्गत बुधबार ७ खेल सम्पन्न भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बुधाबार ७ खेल सम्पन्न भएको आयोजक जन प्रवाह क्लबका अध्यक्ष हरी कुँवरले जानकारी दिनुभयो ।
बुधबार भएको पहिलोे खेलमा एफसी डारिमटारले रातोमाटे युथ क्लबलाई ट्राइब्रेकरमा ३–२ गोलले हराएको छ । निर्धारित समय १–१ गोलको बराबरीपछि खेल ट्राइब्रेकरमा थकेलिएकोे थियो । यस्तै बुधबार भएको दोस्रो खेलमा कमाने फुटबल एकेडेमीले बगैैंचा युथ क्लबलाई ट्राइब्रेकरमा ३–२ गोलले, एफसी बेलडाँडाले शक्तिश्वरी युथ क्लबलाई ट्राइब्रेकरमा ३–२ गोलले र न्यु स्टार क्लबले एफसी संगमलाई ट्राइब्रेकरमा ३–२ गोलले हराएको छ । गोलरहित बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । यस्तै अङ्गारेश्वर युवा क्लबललाई हेटौंडा फुटबल एकेडेमी बीले २–० गोलले हराएको छ ।
यस्तै प्रतिभा युवा क्लबलाई भीमफेदीले १–० गोलले हराएको छ । यस्तै बुधबार भएको अन्तिम खेलमा आयोजक जन प्रवाह क्लबले एफसी सुकौलीलाई २–१ गोलले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ । नकआउट चरणमा भइरहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा उपविजेता टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।











