हेटौंडाः हेटौंडामा आज दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । नेपाल चीन सीमा क्षेत्रमा केन्द्र बिन्दु बनाएर बुधबार दिउँसो ५ दशमलब ९ म्याग्निच्यूडको भूकम्प गएको छ ।

भूकम्पको धक्काले मानिसहरु घर बाहिर निस्किएका छन् । भुकम्प सिन्धुपाल्चोक नजिकैका मकवानपुर, धादिङ, गोरखा, चितवन, बनेपा, काठमाडौं लगायतका जिल्लाहरुमा महसुस भएको छ ।