गुगल तस्बिर ।

हेटौंडाः पछिल्लो २४ घण्टामा मकवानपुर जिल्लामा ४२ जनामा डेंगु देखिएको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा ४२ जनामा डेंगु देखिएको हो ।

संक्रमण हुनेमा ३२ जना हेटौंडा उपहानगरपालिकाका रहेका छन् । यस्तै, मनहरी गाउँपालिकाका ५ जनामा, बकैया गाउँपालिकाका २ जनामा, कैलाश र भिमफेदी गाउँपालिकाका १/१ जनामा र अन्य जिल्लाबाट १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यो सँगै जिल्लामा डेंगु हुनेको संख्या ४ हजार ३ सय ५ जना पुगेको छ ।