हेटौंडाः सोमबार भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ६७ जना अनुपस्थित भएका छन् । मकवानपुर जिल्लामा सोमबार भएको ग्रेडवृद्धि परीक्षामा ६७ जना अनुपस्थित भएका हुन् ।
आइतबार र सोमबार भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा मकवानपुर जिल्लामा कुल २ हजार २ सय १ जनाले फारम भरेको राष्ट्रिय परीक्षा बोर्ड मकवानपुरले जनाएको छ । सोमबार भएको परीक्षामा ८ सय १७ जनाले परीक्षा दिएका छन् । ३ सय ९५ जना छात्र र ४ सय २२ जना छात्रा गरी ६ सय १७ जनाले परीक्षा दिएका हुन् । यस्तै, आइतबार भएको परीक्षामा २ हजार १ सय ३३ जनाले परिक्षा दिएको बोर्डले जनाएको छ । ९ सय ५३ जना छात्र र १ हजार १ सय ५५ जना छात्रा गरी २ हजार १ सय ३३ जनाले परिक्षा दिएको बोर्डले जानकारी दिएको छ ।
आइतबार भएको परीक्षामा १ सय १ जना अनुपस्थित भएका थिए । मकवानपुरमा परीक्षाका लागी ५ वटा केन्द्र तोकिएको थियो । हेटौंडा २ स्थित मकवानपुर बहुमुखी क्याम्पस र सिद्धार्थ माध्यमिक विद्यालय, हेटौंडा ४ स्थित आधुनिक माध्यमिक विद्यालय, भुटनदेवि माध्यमिक विद्यालय र हेटौंडा क्याम्पस गरी ५ वटा केन्द्र तोकिएको थियो ।











