Home समाचार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

चियापान कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षताका कार्यक्रम भएको हो । कार्यक्रममा संघका अध्यक्ष गुप्ताले चियापान कार्यक्रमले आपसी सम्बन्ध बलियो बनाउने विश्वास लिएको बताउनुभयो ।

उहाँले आउँदै गरेको तिहार, नेपाल सम्बत, छठ, ईद, क्रिसमस, ल्होसार पर्व–२०७९ को उपलक्ष्यमा उपस्थित सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, मकवानपुर जिल्लाबाट प्रतिनिधि तथा प्रदेशसभा सांसद पदका प्रत्यासीहरु, हेटौंडाका नगर प्रमुख मिना लामा, भिमफेदी गाउँपालिकाका उप्रमुख संजिव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख मोहलाल जिसी, प्रहरी उपरीक्षक बामदेव गौतम, गोरख बहादुर गणका सेनानी अजित राणा, सशस्त्र प्रहरी निरीक्षक लाल बहादुर बस्नेत, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख टिका शर्मालगायतको उपस्थिति रहेको थियो ।