हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले तयार गरेको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार कुकुरसहित प्रहरी चेकिङ सुरु गरेको छ । प्रहरीले बुधबार सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा र बिहीबार कमलामाई नगरपालिका–१४ चन्दनपुरमा कुकुरसहितको प्रहरी चेकिङ गरिएको छ ।
विशेषगरि शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरी पटका लगायतका विष्फोटक जन्य पदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त चेकिङ गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित खटिएको प्रहरी टोलिले विष्फोटक पदार्थ, लागूऔषध ओसारपसार र सम्भावित अवाञ्छित क्रियाकलाप गरी भाग्न सक्ने शंकित ब्यक्तिको चेकजाँच गरेको थियो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले विभिन्न राजमार्ग रहेका नाकाहरुमा कुकुरसहितको प्रहरी चेकिङ गर्दै आईरहेको छ । बिजया दशमीको समयमा मकवानपुर र चितवनमा गरिएको उक्त चेकिङ आगामी दिनमा काभ्रे र धादिङ जिल्लाका विभिन्न स्थानहरुमा गरिने भएको छ ।











