गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको भिमफेदीमा अरिगांलले टोकेर एक जनाको ज्यान गएको छ । अरिगांलको टोकाइबाट भिमफेदी–६ पारिबजार बस्ने ६२ वर्षीय कृष्ण बहादुर स्याङ्तानको मत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले जनाकारी दिनुभएको छ ।

बुधबार स्याङ्तान काँपडाँडा स्थित जंगलमा गोरु चराउन जाँदा कालो अरिगांलले टोकेको हो । अरिगांलको टोकाईबाट घाईते भएका स्याङ्तानको प्राथामिक उपचारको लागि भिमफेदी स्वास्थ्य चौकिमा ल्याइएको थियो । अवस्था जटिल भएपछि थप उपचारको लागि हेटौडा अस्पताल ल्याएको थियो ।

हेटौंडा अस्पतालमा पनि नभएपछि थप उपचारको लागि बकुलहर अस्पताल चितवन लगेकोमा उपचारको क्रममा राति १० बजेको समयमा डाक्टरले स्याङ्तानलाई मृत घोषणा गरेको कार्कीले बताउनुभयोे ।