हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित आराधना सुनचाँदी पसलमा चोरी भएको छ ।

मंगलबार राती सुनचाँदी पसलको पछाडिको ढोका फोडी चादिँको विभिन्न गहन ९० तोला र सुनको विभिन्न गहना २ तोला गरी दुई लाख ८० हजार रुपैयाँ बराबरको गर गहना चोरी लगेको भनी प्रहरीमा उजुरी परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । उजुरीपछि प्रहरीले घटनास्थलको मुचुल्का तयार पारेर अनुसन्धान सुरु गरेको जनाएको छ ।