गुगल तस्विर ।

हेटौंडाः मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ घर भई हाल ससुराली राक्सिराङ गाउँपालिका–९ धुरु बस्दै आएका ४० वर्षीय मनोज राईको रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ( डिएसपि ) टेक बहादुर कार्कीले जानकारी दिनुभएको छ ।

शुक्रवार साँझ ससुराली घरबाट मादक पदार्थ सेवन गरी आफुखसी निस्किएका मनोज अबेरसम्म नफर्किएपछि आफन्तले खोजतलास गर्ने क्रममा शनिवार विहान साढे ८ बजेको समयमा ससुराली घरदेखि करिब दुई किलोमिटर दक्षिण धुरु भिरबाट लडेर मृत अवस्थामा भेटिएको कार्कीले जानकारी बताउनुभयो । कार्कीका अनुसार घट्नास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान तथा मुचुल्का उठाउने कार्य भई रहेकोे छ ।