हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा एकजना वृद्धको खोलाले बगाएर मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दिएको जानकारीअनुसार कैलाश गाउँपालिका–३ स्थित कालिकाखोलाले बगाउँदा ६५ बर्षीय दल बहादुर चेपाङको मृत्यु भएको हो ।
कैलाश गाउँपालिका–७ कालिका बजारबाट घर फर्कने क्रममा कैलाश गाउँपालिका–३, कालिकाखोलाले बगाएर दलबहादुर मृत फेला परेको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।











