हेटौंडाः नारायणगढबाट बीरगन्जतर्फ जाँदै गरेका यात्रुबस बारा जिल्लाको ३ नम्बर पुल नजिकै दुर्घटना हुँदा १३ जनाको मत्यु भएको छ । दुर्घटनामा परी २५ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।
नारायणगढबाट बीरन्जतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०११० नम्बरको बस ब्रेकफेल भई बारा जिल्लाको ३ नम्बर पुल नजिकै बिहीबार बिहान १० बजेर ३० मिनेटको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएकाहरुको हेटौंडास्थित अस्पतालहरुमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार प्राथमिकतामा रहेकोले मृतकको सनाखतमा केही समय लाग्ने प्रहरी प्रमुख गौतमले बताउनुभएको छ । सबै शव हेटौंडा अस्पतालमा राखिएको छ ।