सांकेतिक तस्वीर ।

हेटौंडाः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ का महेन्द्र दोङको ससुराली घर जाने क्रममा बाटैमा मृत्यु भएको छ । ३१ वर्षीय दोङको मकवानपुरको राक्सिराङ गाउँपालिका–६, सिलिङ्गेमा सोमबार साँझ ५ बजेको समयमा मृत्यु भएको हो ।

दोङको बाटोमा लडी मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ । दोङले रक्तचापसम्बन्धी समस्याका कारण औषधी सेवन गर्ने गरेकोले उच्च रक्तचापकै कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।