हेटौंडाः चितवन जिल्लाको कालिका नगरपालिका–८, गैरीबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको हड्डी अड्किएर ज्यान गएको छ ।
सोमबार साँझ साढे ७ बजेको समयमा घरमै मासु भात खाने क्रममा हड्डी अड्किएपछि दानीलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्याइएको थियो । दानीको उपचारको क्रममा सोमबार राती ८ बजेर १५ मिनेटको समयमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।