हेटौंडाः मकवानपुरमा आज बिहीबार १ सय १२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा १ सय १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
डेंगु संक्रमण पुष्टि हुनेमा ९४ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यस्तै मकवानपुरगढी गाउँपालिकाका १ जना, मनहरी गाँउपालिकाका ४ जना, भिमफेदी गाँउपालिकाका १ जना र ठेगाना नखुलेका १२ जनामा संक्रमण भएको कार्यालयले जनाएको छ । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या २ हजार ८ सय ७६ जना पुगेको छ ।











