हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्ला समीक्षा बैठकको अवसरमा विभिन्न संघ, संस्थासहित कर्मचारी र समाजसेवीलाई सम्मान गरेको छ । बाल हेल्पलाइन मकवानपुर, राडो नेपाल, माइती नेपाल, श्री मनकामना दुग्ध उत्पादक सहकारी संस्था, महिला मिलन बचत तथा ऋण सहकारी संस्था हेटौंडा–१३ लाई सम्मान गरिएको छ ।
यसैगरी झम्केश्वरी कृषि समूह, गीता रेग्मी कृषि फर्म, शंकरेश्वरी प्रावि बकैयालाई सम्मान गरिएको छ । समाजसेवीतर्फ ओम वृद्घाश्रम हेटौंडा–२ का अध्यक्ष सिद्घिलाल श्रेष्ठ, नारी संरक्षण केन्द्रका वार्डेन बबिता बनियाँलाई सम्मान गरिएको छ । कर्मचारीतर्फ भीमफेदी गाउँपालिकामा कार्यरत लेखापाल तोयनाथ तिवारी, बकैया गाउ“पालिकामा कार्यरत अनमी शर्मिला जिम्बा र जिल्ला समन्वय समितिका सहयोगी सोममाया स्याङ्तानलाई सम्मान गरिएको छ ।
पालिकाको सिफारिस र विज्ञहरुको सल्लाहमा विभिन्न संघ, संस्थासहित, कर्मचारी र समाजसेवीलाई सम्मान गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बताउनुभयो । मकवानपुरका १० पालिकामध्ये ८ वटा पालिकाले सम्मानका लागि सिफारिस गरिएको थियो । यस्तै २ वटा पालिका भने सम्मानका लागि कुनै पनि संघ, संस्था तथा व्यक्तिहरुको नाम सिफारिस गराएको थिएन ।
समीक्षा बैठकमा मकवानपुरका १० वटा पालिका र सरकारी संघ, संस्थाले प्रगति विवरण प्रस्तुत गरेको थियो । इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका, कैलाश गाउँपालिका, बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका, बकैयाँ गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाले समग्र क्षेत्रको प्रगति विवरण, चुनौती र अवसरहरु प्रस्तुत गरेको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख घलानको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । मन्त्री मोक्तानले समग्र पालिका तथा संस्थाहरुले प्रस्तुत गरेको प्रगति विवरणले सात प्रतिशत विकास भएको प्रत्याभूत भएको बताउनुभयो । जसलाई निरन्तरता दिई थप विकासमा टेवा पु¥याउन मन्त्री मोक्तानले आग्रह गर्नुभयो ।