हेटौंडाः मकवानपुरमा मंगलबार एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुने एक जना बागमती गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा हाल दुई जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । दुवै जना होम आइसोलेसनमा उपचाररत छन् ।











