Home मुख्य समाचार कोरोना सम्बन्धी गतिविधी हेटौंडा उपमहानगरको आधिकारी पोर्टलबाट हेर्न सकिने

कोरोना सम्बन्धी गतिविधी हेटौंडा उपमहानगरको आधिकारी पोर्टलबाट हेर्न सकिने

हेटौंडाः हेटौंडा उपमहानगरपालिका र सिइसिआइ, काठमाण्डौको सहकार्यमा https://hetauda.susasan.org/covid19 पोर्टल तयार गरिएकोछ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि चालिएका विभिन्न गतिबिधिहरू सहित आम नगरबासीहरुलाई सु–सुचित गर्ने हेतुले अधिकारिक पोर्टल तयार पारिएका हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । यस पोर्टल मार्फत आफूलाई कोभिड १९ को संक्रमणको शंका लागेका ब्यक्तिले अनलाईन फारम भरि आफ्नो स्वास्थ्य अवस्थाको बारेमा उपमहानगरपालिकालाई जानकारी गराउन सक्नुका साथै आधारभुत स्वास्थ्य सेवाका लागि सम्बन्धीत वडामा रहेका स्वास्थ्य संस्थाहरुको सम्पर्क नम्बर पोर्टलमा हेर्न सकिने भएको छ ।

Exit mobile version