![307059569_619036753056611_5128566447938940563_n](https://samriddhasamaj.com/wp-content/uploads/2022/09/307059569_619036753056611_5128566447938940563_n-696x522.jpg)
हेटौंडाः हेटौंडामा नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एशोसिएसनको दोश्रो प्रदेश भेला आज शनिबारबाट सुरु भएको छ । अधिवेशनको उद्घाटन कार्यक्रम नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसियसन बागमती प्रदेश संयोजक मकुन्द कुमार खड्काको सभाध्यक्षता तथा बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसियसनका अध्यक्ष राम प्रसाद मेहता, आधिकारिक ट्रेड युनियनका अध्यक्ष बिष्णु प्रसाद अर्याल, नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसियसनका महासचिव बिशेश्वर प्रसाद यादव लगायतको उपस्थिति रहेको छ ।