Home शिक्षा राष्ट्रिय माविमा आमा भेला

राष्ट्रिय माविमा आमा भेला

सामुहिक तस्बीर खिचाउँदै ।

हेटौंडाः भीमफेदी गाउँपालिका–१, सानुटारस्थित राष्ट्रिय माविमा आमा भेलाको आयोेजना गरिएको छ । ५८ औं राष्ट्रिय बाल दिवस २०७९ को अवसर पारेर “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मूल नारालाई आत्मसात गर्दै मंगलबार आमा भेलाको आयोजना गरिएको हो ।

कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुको आमाहरुसँग शैक्षिक सत्र २०७९ को प्रथम त्रैमासिक परीक्षाको नतीजा जानकारी तथा विश्लेषण र शैक्षिक गुणस्तर विकासका लागि आगामी कार्ययोजना तर्जुमा समेत गर्ने गरी भेलाको आयोेजना गरिएको विद्यालयकी शिक्षक राधा सिन्तानले जानकारी दिनुभयो । विद्यालयको अतिरिक्त क्रियाकलाप विभाग अन्तर्गतको आमा भेला व्यवस्थापन विभागको संयोजनमा भेला आयोजना गरिएको थियो । कार्यक्रम संयोजक शिक्षक राधा सिन्तानको संयोजनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थिङको सभाध्यक्षता, प्रधानाध्यापक मान बहादुर घलानको संरक्षकत्वमा कार्यक्रम संचालन गरिएको थियो । कक्षा १ देखि ४ सम्मका कक्षा शिक्षकहरुद्वारा नतीजा जानकारी गराइएको थियो भने आमाहरुबाट सल्लाह, सुझाव लिइएको थियो । कार्यक्रममा आगामी प्रस्तावित योजना समेत तर्जुमा गरिएको छ । आमा भेलालाई रोचक बनाउन विभिन्न खेलको आयोजना गरी विद्यार्थी र आमालाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा सह–प्रधानाध्यापक भीम कुमारी पाख्रिन, आमा भेला व्यवस्थापन विभागका समन्वय सदस्य शिक्षक होम बहादुर राना, सहकर्मी शिक्षक लक्ष्मी राना, जुलुम देवी बलामी, सकुन्तला लामिछाने, मन्जु थापा गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version