हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडामा राहत लिन आउनेको भीड ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १८ नम्बर वडामा राहत वितरण गर्दा सतर्कता नअपनाइएको पाइएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लक डाउन गरेको समयमा उपमहानगरपालिकाले उपलब्ध गराएको राहत सामग्री वितरण गर्ने क्रममा लाभग्राहीलाई सुरक्षित तरिकाले सहभागी गराउन वडा कार्यालयले सतर्कता नअपनाइएको पाइएको छ । राहत लिन आएकाको भीडभाडले स्थानीयवासी त्रसित भएर वडा कार्यालयलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले व्यक्ति–व्यक्ति बीचको भौतिक दूरि कम्तिमा एक मिटर हुनुपर्ने बताएको छ । साथै व्यक्तिगत सरसफाईमा पनि विशेष ध्यान दिन भनेको छ । राहत वितरणका लागि १८ नम्बर वडाले पहिलो दिन बुधबार तीन सय ५० परिवारका लागि राहत सामग्री लगेको थियो भने आज शुक्रबार थप एक सय परिवारका लागि राहत सामग्री उपमहानगरपालिकाबाट लगेको छ ।