हेटौंडाः मकवानपुरमा २४ घण्टाको अवधिमा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा पिसीआर विधिबाट २३ जनाको स्वाब परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयले आइतबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टाको अवधिमा ७ जना कारोना संक्रमणमुक्त भएका छन् । अहिले मकवानपुर जिल्लामा कोरोनाका १८ जना सक्रिय संक्रमित रहेका छन् ।











