हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका–१० को धाँदरबाट नाम्सेदुङ्ग जान मनहरी खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका अर्का एकजना पनि मृत अवस्थामा भेटिएको छ । खोलाले बगाएर बेपत्ता भएकी माइलीमाया रुम्बा आइतबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
शनिबार साँझ ६ बजेको समयमा मनहरी खोला तर्ने क्रममा रुम्बासँगै खोलाले बगाएकी सन्तमाया प्रजा भने आइतबार बिहान खोलामा मृत अवस्थामा फेला परेकी थिइन् । रुम्बा खोलाले बगाएको करिब ८ किलोमिटर तल मृत अवस्था फेला परेकी प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी खटिएको र थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।











