Home मुख्य समाचार जनता माविका शिक्षक, कर्मचारीले विपन्नलाई सहयोग गर्ने

जनता माविका शिक्षक, कर्मचारीले विपन्नलाई सहयोग गर्ने

फागुन अन्तिम साता एसईईमा सहभागी हुने विद्यार्थीलाई विदाई गर्दै गर्दा खिचिएको जनता माविको तस्वीर ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७, सुकौरास्थित जनता माविमा कार्यरत शिक्षक तथा कर्मचारीले जनही एक हजार रुपैयाँका दरले रकम संकलन गरी विद्यालय रहेको वडाका विपन्न परिवारलाई राहत वितरण गर्ने भएका छन् । विद्यालयका प्रधानाध्यापक होम नेपालीको आग्रहमा सबै शिक्षक र कर्मचारीले विपन्नलाई सहयोग गर्न सहमत भएका हुन् । खाद्यान्न सामग्री ७ नम्बर वडा कार्यालय मार्फत वितरण गरिने प्रधानाध्यापक नेपालीले बताउनुभयो ।

Exit mobile version