हेटौंडाः हेटौंडामा एक पुरुषको शव फेला परेको छ । सोमबार हेटौंडा–१० न्युरेनी स्थित ईस्वरी खड्कीको बंगुर फार्ममा अन्दाजी ६५ वर्षीय सूर्य श्रेष्ठको शव फेला परेको प्रहरीले जनाएको छ ।
श्रेष्ठको ठेगाना खुलेकोे छैन । श्रेष्ठ ज्याला मजुदुरी गरी जिविकोपार्जन गर्दै आइरहेको प्रहरीको भनाई छ । श्रेष्ठको मृत्यु हुनुमा कुनै पनि शंकास्पद अवस्था नरहेको प्रहरीले जनाएको छ । श्रेष्ठको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याईएको छ ।