Home समाचार निजामती कर्मचारी संगठनको प्रदेश अध्यक्षमा साह

निजामती कर्मचारी संगठनको प्रदेश अध्यक्षमा साह

निजामती कर्मचारी संगठनको नवनिर्वाचित पदाधिकारी ।

हेटौंडाः नेपाल निजामती कर्मचारी संगठनको बागमती प्रदेश अध्यक्षमा बरुण कुमार साह निर्वाचित हुनुभएको छ । शनिबार हेटौंडामा सम्पन्न प्रथम अधिवेशनले साहको अध्यक्षतामा २९ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो ।

प्रदेश समितिको उपाध्यक्षहरुमा राजेन्द्र कुमार दराई, प्रमिला केसी, युवराज थापा, महासचिबमा हेम कुमार पाठक, सचिबहरुमा दीपकराज तिमल्सिना, गणेश थापा, देविदत्त घिमिरे, कोषाध्यक्षमा विष्णु ढुंगाना चयन हुनु भएको छ । सदस्यमा गणेश केसी, हरिबहादुर रायमाझी, केशव शर्मा, सोमनाथ लामिछाने, मोहन कार्की, कमल प्रसाद भुर्तेल, अनुप केसी, मुकुन्द कुमार खड्का, रविन्द्र कँडेल, गीता छगुन्ना, टंक सिवाकोटी, टेकनाथ काफ्ले, पवन कुमार ठाकुर, छत्रबहादुर माझी, शान्तिराज मैनाली, प्रतिमा सापकोटा, गोकुल सिलवाल लगायतका चयन भएका छन् ।

Exit mobile version