सम्मेलनमा सहभागी अतिथिहरु ।

हेटौंडाः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर कमिटीको २७ औँ जिल्ला सम्मेलन बुधबारबाट सुरु भएको छ । देशभरिका सम्पूर्ण प्रगतिशिल, जनवादी तथा देशभक्त विद्यार्थीहरु एकजुट हौऔँ भन्ने उद्देश्यले दुई दिने सम्मेलन सुरु भएको हो ।

अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरका अध्यक्ष विशाल पौडेलको सभाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य सुनिता बरालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । वैज्ञानिक, सर्वसुलभ र गुणस्तरीय शिक्षा हाम्रो शान अनेरास्ववियुको बृहत् अभियान स्वरुप बुधबारबाट सुरु भइ बिहीबारसम्म कार्यक्रम हुनेछ । उद्घाटन कार्यक्रममा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेल लगायतको उपस्थिति थियो ।