हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतमले मकवानपुरमा सबै सरोकारवाला निकायसँग समन्वय गरेर जिल्लालाई अपराधमुक्त बनाउने बताउनुभएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै प्रमुख गौतमले मकवानपुरलाई अपराधमुक्त, शान्ति र सुरक्षाका कुरामा नेपाल सरकारले प्रदान गरेको कानूनको अधिनमा रहेर आफुले काम गर्ने बताउनुभयो ।
मकवानपुरमा प्राय हुने लागुऔषध ओसारपसार, शान्तिसुरक्षा र पार्किङ व्यवस्थापनमा सबै सरोकारवाला निकायसँग समन्वय गरेर न्युनीकरण गर्ने बताउनुभयो । ४ वर्षअघि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरिक्षकको जिम्मेवारी सम्हाल्नुभएको गौतमले बुधबारबाट प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ ।