हेटौंडाः हेटौंडा क्याम्पसको संचालक समितीको नवनिवार्चित पदाधिकारीहरु ।

हेटौंडाः हेटौंडा क्याम्पसको संचालक समितिको अध्यक्षमा आनन्दराम पराजुली निर्वाचित हुनुभएको छ । आज सम्पन्न क्याम्पसको १४ औं क्याम्पस सभाबाट पराजुली अध्यक्षमा निर्वाचित हुनुभएकोे हो ।

समितिको उपाध्यक्षमा श्रीधर पोखरेल र कोषाध्यक्षमा नमुना पाण्डे चयन हुनुभएको छ । यस्तै, सदस्यमा प्रदिप कोईराला, बद्रीनाथ शर्मा, पुरण बहादुर जोशी, कविर पन्त चयन हुनभएको छ भने सदस्य सचिवमा देवचन्द्र मानन्धर चयन हुनुभएको छ ।