हेटौंडाः नेपाल सरकारको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देश दक्षिण एसियाकै सबल राष्ट्र हुने बताउनुभएको छ । शुक्रबारबाट हेटौंडामा भएको प्रेस युनियनको ९ औं महाधिवेशनमा बोल्नुहुँदै मन्त्री कार्कीले देशमा समृद्धिको धेरै आधारहरु रहेको भन्दै समृद्धिको बाटो देश अगाडी बढेको धारणा राख्नुभयो ।
मन्त्री कार्कीले अहिले नेपालको अर्थतन्त्रमा केही समस्या भएपनि नेपाल श्रीलकांको बाटोमा नजाने स्पष्ट पार्नुभयो । देश श्रीलकांमा जान्छ भन्ने भ्रमलाई चिरेर नेपाली जनतालाई देश अब चाँडै दक्षिण एसियाकै सबल राष्ट्र हुन्छ भनेर विश्वास दिलाउनुपर्ने उहाँको भनाई छ । उहाँले जलस्रोतको क्षेत्रमा सरकारले गरिरहेको गतिविधि उत्साहजनक रहेको बताउनुभयो । अहिले नेपालले विद्युत, लगायत अन्य सामग्रीहरु भारतमा निर्र्यात गरिरहेको भन्दै उहाँले देशको आर्थिक स्थिति सुधार हुने धारणा राख्नुभयो । संविधानमा व्यवस्था भएअनुसार प्रेस स्वतन्त्रता, पत्रकार हकहितको संरक्षण र सम्बद्र्धन सरकारले गर्ने उहाँले जानकारी दिनुभयो ।