रुकावट छ अहिले
रुकावटमा छ अस्थिरता
रुकावट भने कस्तो ?
“म” आफू हराएको
कि “म” नै हराएको
यो समय परिवर्तनशील छ
परिवर्तनशीलताले नै गर्दा
जीवन अनुकूल छ
यो अनन्त प्रकृया
यो अनन्त परिवर्तनशीलताले नै गर्दा
सर्वश्व ब्रम्हाण्ड
अडिग र स्थिर छ
सर्वश्व सन्तुलनमा छ
केही वस्तुमा वा कुरामा
आफू अडेर बसी
आफूलाई गुम्साउनुभन्दा
खुल्ला आकास जस्तै
अनन्त सोचाई,
रोसी खोलाको बेग जस्तै बगे जीव्न
सामान्य रुपमा जीउनु नै
र अप्ठ्यारा कदम पाइलालाई
सामान गरिनै
जीवनको अस्तित्व, मौलिकताको
अवगत गर्न सकिने
क्षणिक कुरामा किन अड्किनु
सबै कुरा समस्या
दुःख, सुख क्षणिक छ ।
क्षणिक कुरामा आफूलाई
आफ्नो मन
मस्तिस्क समाल्न सके
जीवन साच्चै जीवन हुन्छ
सृष्टि बोम्जन,
कक्षा १२, हेटौंडा स्कूल अफ म्यानेज मेन्ट