संसार भुलेँ जब म तिम्रो काखमा जन्मिएँ
खुसीमा रम्दै संसार भुलेँ बढेर हुर्किएँ
सम्झन्छु तिम्रो बलिदान म त सपना सम्झेर
हे आमा तिमी आएछौ मेरी जीवनमा रमेर
त्यागेछौ सारा खुसी त आफ्नो मेरै लागि नै
जीवन तिम्रो सुम्पेछौ आमा मेरै लागि नै
पीडा त सही निकाल्यौ आमा दुःख र कष्ट
हे आमा सारा खुसी त दियौ दुःख र कष्टमा
भोगेछौ सारा दुःख है तिमीले भुलेर खुसीमा
सानोमा तिमीले मलाई सुख दियौ है खुसीमा
हुर्काइ सानो टुसालाई तिमीले बनायौ कोपिला
वाचा छ मेरी केही त गर्छु हजुरकै कोपिला
मेरा त सबै नराम्रो बानी तिमीले जलायौ
घरमा हैकम उत्तौला भने तिमीले चलायौ
अहिले तिम्रो छोरा त तिम्रो गुण नै बाढ्दैछ
तिम्रो नै दुवा लिएर छोरा पाइला चाल्दैछु ।
रोनश उप्रेती
कक्षा : ९,नवोदय शिशु सदन