हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण देश नै लक डाउनको अवस्थामा रहेको स्थितिलाई मध्यनजर गरी समुदायमा विपन्न परिवारलाई अैँचो पैँचो सहयोग गर्न अपील गरेको छ । वडा कार्यालयले आज एक अपील जारी गर्दै विपन्न, असहाय, अशक्त र दैनिक ज्यालादारी गरी छाक टार्नुपर्ने व्यक्तिलाई मानवताका नाताले पैँचो दिएर जीवन धान्न सहयोगका लागि वडा कार्यालयले अपील गरेको हो । गाउँपालिकाको कार्यालयले पनि विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिरहेको छ भने घरघरै पुगेर स्वास्थ्य परीक्षण गरिरहेको छ ।